बेलायतमा कोरोना : १७ हजार बढी अस्पतालमा भर्ना , १५ हजार बढीको ज्यान गयो

लन्डन।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५ हजार नाघेको छ ।

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १५ हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले शनिबार जारी गरेको तथ्यांकअनुसार हालसम्म बेलायतमा १५ हजार ४ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ सय ८८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेलायतका कोरोना संक्रमणका ‘केस’हरु पनि बढेर १ लाख १४ हजार २ सय १७ पुगेका छन् । पछिल्लो एक दिनमा मात्रै ५ हजार ५ सय २५ नयाँ ‘केस’ थपिएका छन् ।

शनिबारसम्म बेलायतमा कुल ४ लाख ६० हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ ।

हाल १७ हजार ७ सय ५९ कोरोना संक्रमितहरु बेलायतका विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ । जुन संख्या एक दिन अघिको तुलनामा झण्डै १ हजारले थोरै हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार