पोर्चुगल : एक बर्षमा मात्रै करिब १५०० बाल अपराधको घटना – अधिकांस बालबालिका पोर्नोग्राफी, यौन दुर्व्यवहार र बलात्कारको शिकार

गणेश पाण्डेय , लिस्बन।

पोर्चुगाली संघ विक्टिम सपोर्ट (एपीएवी) को वार्षिक रिपोर्ट अनुसार सन् २०१९ मा मात्रै १४६७ बालबालिका अपराधको शिकार भएका छन् । यो संख्या सन् २०१८ भन्दा ५३२ ले बढी हो।

यो तथ्यांक हेर्दा हरेक हप्तामा २८ जना बालबालिका बाल अपराधको शिकार भएको देखिन्छ।

बाल अपराधको शिकार भएका बालबालिकाहरुमध्ये ०-३ बर्ष उमेर समुहका १५३ जना, ४-५ बर्ष उमेर समुहका १०९ जना , ६-१० बर्ष उमेर समुहका ३७४ जना र ११-१७ बर्ष उमेर समुहका ८३१ जना रहेका छन्।

पोर्चुगाली संघ विक्टिम सपोर्ट (एपीएवी) ले खुलासा गर्यो कि एसोसिएसनमा रिपोर्ट गरिएका बालबालिका विरुद्धका अपराधहरूमध्ये ६९९ जना नाबालिगहरूको अश्लीलता ( पोर्नोग्राफी ) , ३०५ जना चौध बर्ष उमेर मुनिकाहरु बच्चाहरूको यौन दुर्व्यवहार र १८७ जना बलात्कारका अपराधहरू छन्।

आधुनिक समाजमा बालबालिका घरभित्रै, बिद्यालय, छरछिमेक, र आफन्तबाट नै बढी पिडित पिडित हुने गरेको पाईएको छ। अभिभावक पनि आफ्ना बालबालिका कहाँ छन् र के गर्दैछन भनेर सधै चनाखो हुनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार