पोर्चुगल : कोरोना राहत कोषमा सहयोग गर्न संयोजक सापकोटाको अनुरोध – पहिलो दिनमै १२०० युरो संकलन

लिस्बन ।

पोर्चुगलमा कोरोना महामारीका कारण कयौ नेपालीहरुलाई समस्यामा परेपछि कोरोना राहत तथा जनचेतना समिति गठन भएको छ । महामारीको विषम परिस्थितिमा परदेशमा एक नेपालीले अर्को नेपालीलाई सहयोग अपरिहार्य छ ।

कोरोना राहत तथा जनचेतना समितिले नौवटा उपसमितिहरु गठन गरेको छ । उपसमितिमध्ये लक्ष्मीप्रसाद सापकोटाको संयोजकत्वमा गठित आर्थिक संकलन समितिले सहयोग उठाउन शुरु गरेको छ ।

संयोजक सापकोटाले पोर्तुगलमा रहेका सबै दाजुभाइ तथा दिदीबहिनीहरुलाई राहत कोषमा सहयोग गर्न अनुरोध गरेका छन् ।

पहिलो दिनमै कोषमा करिब १२०० युरो जम्मा भईसकेको छ।

यस आपतकालिन स्थितिमा सहयोग गर्न चाहनुहुन्छ भने निम्न बैंक खातामा ट्रान्स्फर गरी स्लिप या फोटो इन्बक्समा पठाईदिन हुन संयोजक सापकोटाले अनुरोध गरेका छन्।

Laxmi Prasad Sapkota

Banco BPI

IBAN : PT50 0010 0000 3892 1280 0012 2

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार