आइसोलेसन तोडेर प्रेमिका भेट्न जाँदा जेल सजाय

सिड्नी ।

अष्ट्रेलियाको पर्थमा सेल्फ आइसोलेसनमा बसेका एक युवकले नियम तोडेकाले जेल सजाय पाएका छन् । जोनाथन डेभिड नामका ती व्यक्ति सेल्फ आइसोलेसनको नियम तोडेर प्रेमिका भेट्न गएका थिए । सेल्फ आइसोलेसनको नियम तोडेर जेल सजाय पाउने उनी अष्ट्रेलियामा पहिलो हुन् ।

पर्थको एक होटलमा आइसोलेसनमा बसेका डेबिट होटलको ढोका तोडेर प्रेमिका भेटन गएका थिए । बुधबार वेष्टर्न अष्ट्रेलियाको अदालतले डेभिडलाई साढे ६ महिना जेल सजाय सुनाएको हो । स्थानीय सञ्चारमाध्यममा आएको खबरअनुसार उनी एक महिना जेल बसेर बाँकी समयका लागि २ हजार डलर जरिवाना तिर्नेछन् ।

उनको कामलाई सरकारी वकिलले स्वार्थी र अतिवाद भनेका थिए । कोेरोना संक्रमण रोक्न वेष्टर्न अष्ट्रेलियामा बनेको नयाँ नियमअनुसार नियम तोड्नेलाई १२ महिना जेल र ५० हजार डलरसम्म जरिवाना हुनेछ ।

भिक्टोरियाका ३५ वर्षीय डेविट मार्च अन्तिम साता पर्थ पुगेका थिए । स्थानीय नियमअनुसार उनी १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पथ्र्यो । सुरक्षाकर्मीको निगरानीमा पर्थको एक होटलमा उनलाई सेल्फ क्वारेन्टिनमा राखिएको थियो ।

डेबिटले होटलको फायर एक्जिट डोर तोडेर प्रेमिका भेट्न गएका थिए । अप्रिल १३ सम्म सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने डेबिट होटलबाट निस्केर सार्वजनिक बस चढेर अर्को स्थान रहेकी प्रेमिकालाई भेटेर पुन होटलमा फर्किएका थिए । उनलाई नियम नमानेको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो ।

तस्बिर: एबीसी न्यूज

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार