सरकाले मजदुरलाई पैदल हिडेर घर जान नदिने – ” जो जहाँ छ त्यहीं बस्ने ” आदेश

काठमाडौँ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कसैलाई पनि लामो दूरीको यात्रामा पैदल हिंड्न नदिने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रवार अपराह्न बैठक बसेपछि समितिमा सदस्यका रूपमा रहेका मन्त्रीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

‘हामीले पैदल हिंड्न नदिने, जो जहाँ छ त्यहींको स्थानीय निकायले गास, बासको उचित प्रबन्ध गर्ने बारेमा छलफल गरेका थियौं, प्रधानमन्त्री ज्यूले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिनुभएको छ,’ एक मन्त्रीले बताए ।

विगत केही दिनयता पैदल हिंडेर गन्तव्यमा पुग्ने यात्रुले दुख पाएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको थियो ।

त्यस्तै स्थानीय निकायहरूलाई प्रभावकारी ढंगले यो निर्णयको कार्यान्वयन गर्न लगाउने विषयमा पनि छलफल भएको ती मन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार