सिड्नी।
अस्ट्रेलियामा अध्ययनका लागि आएका विद्यार्थीको रोजगारी गुमेर अप्ठ्यारो अवस्थामा रहेकाले सहयोगको लागि रकम उपलब्ध गराएको शेष घलेले बताएका छन्।
काठमाडौं। अस्ट्रेलियामा नेपाली मूलका धनाढ्य डा. शेष घले र जमुना गुरूङले मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)मा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नको लागि १० लाख अमेरिकी डलर उपलब्ध गराएका छन्।
“अध्ययन गर्नका लागि विदेशबाट आएका विद्यार्थीहरूलाई अहिले पैसा चाहिने अवस्था छ। विद्यार्थीहरूको आवश्यकता पहिचान गरेर उक्त कोषबाट सहयोग उपलब्ध गराउँछौं |कतिपय विद्यार्थीहरू साह्रै अप्ठ्यारो अवस्थामा छन्। उनीहरूको रोगजारी गुमेको छ र स्वदेश फर्कन सक्ने अवस्थामा पनि छैनन्। ती विद्यार्थीको अस्ट्रेलिया बसाइँलाई निरन्तरता दिनको लागि यो सहयोग कोष घोषणा गरिएको हो।”
अन्य देशबाट अध्ययन गर्नका लागि अस्ट्रेलियामा एमआईटीअन्तर्गतका क्याम्पसहरूमा अध्ययन गर्न आएका र कोभिड-१९ को दुष्प्रभावले समस्यामा परेका विद्यार्थीहरूलाई उक्त रकमबाट सहयोग गरिने बताइएको छ।
अस्ट्रेलियाको मेलवर्न र सिड्नीमा एमआईटी अन्तर्गतका क्याम्पसहरू छन्। एमआईटी शेष घलेकै लगानीमा स्थापना भएको शैक्षिक संस्था हो। घलेको आम्दानीमध्येको सबैभन्दा बढी हिस्सा उक्त शैक्षिक संस्थाबाट नै हुने गरेको छ।
गैरआवासीय नेपाली संघको अध्यक्ष भइसकेका घले फोर्ब्समा सूचीकृत अस्ट्रेलियाका अर्बपति मध्येका हुन्।
एमआईटीमा करीब चार हजार विद्यार्थी अध्ययनरत रहेको साउथ एसिया डटकम डट एयूले उल्लेख गरेको छ।
“अध्ययन गर्नका लागि विदेशबाट आएका विद्यार्थीहरूलाई अहिले पैसा चाहिने अवस्था छ। विद्यार्थीहरूको आवश्यकता पहिचान गरेर उक्त कोषबाट सहयोग उपलब्ध गराउँछौं”, घलेले भनेका छन्, “कतिपय विद्यार्थीहरू साह्रै अप्ठ्यारो अवस्थामा छन्। उनीहरूको रोगजारी गुमेको छ र स्वदेश फर्कन सक्ने अवस्थामा पनि छैनन्। ती विद्यार्थीको अस्ट्रेलिया बसाइँलाई निरन्तरता दिनको लागि यो सहयोग कोष घोषणा गरिएको हो।”