भोक-भोकै बस्न बाध्य छन् बेलायतमा नेपाली बिद्यार्थी – NRNA युकेले राहत संकलन गरेर पनि बाढेन ( अडियो/भिडियो सहित् )

भोला लामिछाने।

जनवरी महिनामा उच्च शिक्षाका लागि बेलायतमा आएका बिधार्थी आफ्नो दुख पोख्दै लाईभमा आएका छन् । लन्डन देखी टाढा कलेज रहेको बताउने पवन शाह (नाम परिवर्तन) रहेका उनी आफ्नो कलेजमा रहेका सबै पिडित भएको बताउछन् ।

” एनआरएनए युकेले बेलायतका नेपाली कोरोना पिडीत विधार्थीहरूका लागि राहत कार्य संकलन गरेको भनेर सुनेको हुँ , तर खै हामीले पाएका छैनौ”

” भर्खरै लन्डन आएका उनले यहाको वस्तुस्थिती बुझ्दै दुई महिना बित्यो। त्यसपछी कोरोनाले एक्कासी बेलायत पनि लकडाउन भयो। हामीहरू कही कतै सम्पर्क गर्ने वातावरण बनेन। भएको पैसा पनि सकियो। अब नेपाल पनि लकडाउनले गर्दा घरबाट मगाउने स्थिति पनि रोकियो ।अफ्ठ्यारो स्थितीको सृजना भयो, ” उनले दुखेसो पोखे।

” एनआरएनए युकेले बेलायतका नेपाली कोरोना पिडीत विधार्थीहरूका लागि राहत कार्य संकलन गरेको भनेर सुनेको हुँ , तर खै हामीले पाएका छैनौ” पिडितले भने ।

प्रवासमा नेपालीहरूको साझा संस्था भनिएको गैह्र आवासीय नेपाली संघ युकेले सहयोगको लागि भनेर ठुला ठुला बहस गरेपनि कार्यान्वयन नगरेको यसबाट स्पष्ट हुन्छ ।

उनले पिडित नेपाली बिद्यार्थीहरुलाई राहत सहयोग गर्न +44-7413 991748 मोबाइलमा सम्पर्क गर्न सकिने बताएका छन्। थप पिडित बिधार्थीहरूको जानकारी लिई बेलायतमा पिडामा परेका बिधार्थीहरूलाई केही भएपनि घाउमा मलम लगाउने काम गर्न एनआरएनए युके लगायत बेलायतमा भएका संघसंस्था र नेपाली दुताबास समेत लाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार