विपदमा सहयोग गर्नुभन्दा पनि संघले प्रचारात्मक शैली अपनाएको भन्दै एनआरएनए’को कार्यसमितिबाट अधिकारीले दिए फेसबुकबाटै राजिनामा

लिस्बन।

गैह्र आवासिय नेपाली संघ पोर्चुगलले कोरोना महामारीको समयमा पनि सहयोग भन्दा बढी प्रचारात्मक शैली अपनाएको आरोप लगाउदै संघको कार्यसमितिबाट एक सदस्यले राजिनामा दिएका छन्।

” कोरोना महामारीको विषम परिस्थितिमा सहयोग र राहत लिने र दिने काम मनदेखि नै हुनुपर्छ, तर सामाजिक संजाल वा कुनै समाचार संस्थामा प्रचारात्मक शैलीमा गर्नुहुदैन ” अधिकारीको तर्क छ।

राजिनामा दिनेमा गैह्र आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भका कार्यसमिति सदस्य कृष्ण अधिकारी हुन्। अधिकारी २०१९-२१ का लागि संघको क्षेत्रीय समितिको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए।

” कोरोना महामारीको विषम परिस्थितिमा सहयोग र राहत लिने र दिने काम मनदेखि नै हुनुपर्छ, तर सामाजिक संजाल वा कुनै समाचार संस्थामा प्रचारात्मक शैलीमा गर्नुहुदैन ” अधिकारीको तर्क छ।

यहि बिसयमा प्रचारात्मक नबनौं भनी कार्यसमितिमा कुरा राख्दा नेतृत्वले त्यसको बेवास्ता गरेकोले आफ्नो नैतिकताले सहयोग र राहत सामाजिक संजालमा प्रचारात्मक आफ्नो नैताकताले नदिएको भन्दै अधिकारीले फेसबुकबाटै संघको अध्यक्षलाई सम्बोधन गर्दै राजिनामा दिएका छन्।

संघको कार्यसमितिबाट बाहिरिएतापनि आफू बसेको समाज ,सम्पुर्ण नेपाली तथा मानविय सहयोगका लागी सदैब अग्रसर रहने उनले जनाएका छन् । कोरोना राहत तथा जानकारी कोष का लागि आफुले २१ सहयोग गर्ने घोषणा गर्दै आर्थिक सहयोग संकलनसमितिका सदस्यहरुले सम्पर्क गर्न अनुरोध गरेका छन्।

फेसबुकबाटै राजिनामा दिएका अधिकारीको स्ट्याटस जस्ताको तस्तै :

मिति :- २०२०/०४/१६

श्री ,
गैर -आवाशीय नेपाली संघ ,
क्षेत्रीय समन्वय परिषद अल्गार्भ ।

बिषय :- राजिनामा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा म यस गैर-आवाशीय नेपाली संघ क्षेत्रिय समन्वय परिषद अल्गार्भ कार्यसमिति सदस्यमा रहेको यहाँहरुलाई जानकारी भएकै हो ।

कोरोना भाइरसको महामारीका कारणले यति बेला विश्व प्रभावित छ । यसै सन्दर्भमा पोर्तुगलमा रहेका विभिन्न संघ-सस्थाले अथवा व्यक्तिगत तवरले सहयोग गरिरहेका छन् । त्यसै गरि हाम्रो यस संस्थाले अल्गार्भ क्षेत्रमा गरेको सहयोग र राहत वितरण जनमानसमा सर्वबिधितै छ ।

तर पनि यो अवस्थामा राहत लिने र दिने कार्य दिल देखि हुनुपर्छ। तर सामाजिक संजाल वा कुनै समाचार संस्थामा प्रचारात्मक शैलीमा हुनुहुदैन भन्ने मेरो बिचार र सिद्धान्त हो र रहिरहनेछ ।

यहि बिसयमा प्रचारात्मक नबनौं कार्यसमितिमा रहेर पछि नेतृत्वले गरेका सबै कामलाई सहि छाप गर्न मेरो नैतिकताले मलाई दिँदैन । जो जसले गरेपनि सहि र गलत कार्य छुट्याएर समर्थन सहयोग ,बिरोध गर्न पाउनुपर्छ भन्ने कुरामा म सदैब अडिक छु र रहिरहनेछु ।

तर यी नै बिषयमा नेतृत्व सम्हाली रहनुभएका अध्यक्ष ज्युसंग छलफल गर्दा उहाँले ठिक माथि उलेखित नैतिकता ,आदर्श र सिद्धान्त कुरामा असमत हुनुभएकोले आजका मिति देखि उहाँसंग सांगठनिक हिसाबले कुनै पनि संस्थामा रहेर सहकार्य गर्न नसकिने बेहोरा जानकारी गराउनु चाहान्छु ।

साथै म संस्था भन्दा बाहिर भएपनि आफू बसेको समाज ,सम्पुर्ण नेपाली तथा मानविय सहयोगका लागी सदैब अग्रसर रहने जानकारी गराउँदछु ।

अन्त्यमा :- मलाई कार्यसमितिमा रहनुपर्छ भनेर विश्वास गरि प्रतिनिधिका रुपमा पठाउनु हुने सम्पूर्ण मोंते गोर्दो बासी तथा अल्गार्भ बासी नेपाली समुदायमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

कृष्ण प्रसाद अधिकारी
कार्यसमिति सदस्य
गैर आवाशीय नेपाली संघ,
क्षेत्रीय समन्वय परिषद अल्गार्भ ।

कोरोना राहत तथा जानकारी कोष का लागि युरो २१ दिने घोषणा समेत गर्दछु । संकलन समितिका साथिहरुले सम्पर्क गर्नुहोला ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार