चीनको वुहानबाट शुरु भएको कोभिड १९ महामारीका कारण सांघाईस्थित अपार्टमेन्टमा हप्तौं एक्लै क्वारेन्टिनमा बसिरहेकी माश्र्या चेन भन्छिन्, “महामारीको त्रासबीच हप्तौं क्वारेन्टिनमा बस्नु अत्यन्त कठिन कार्य हो । तर, मेरो अनुभवमा यो नयाँ जीवन अनुभूत गर्ने अपूर्व अवसर पनि हो ।”
– माश्र्या चेन
चीनको वुहानबाट शुरु भएको कोभिड १९ महामारीका कारण सांघाईस्थित अपार्टमेन्टमा हप्तौं एक्लै क्वारेन्टिनमा बसिरहेकी माश्र्या चेन भन्छिन्, “महामारीको त्रासबीच हप्तौं क्वारेन्टिनमा बस्नु अत्यन्त कठिन कार्य हो । तर, मेरो अनुभवमा यो नयाँ जीवन अनुभूत गर्ने अपूर्व अवसर पनि हो ।”
कोरोनाभाइरस संक्रमण जोखिमका कारण २७ जनवरीमा चीनमा ‘लकडाउन’ घोषणा भएदेखि सांघाईस्थित अपार्टमेन्टमा म क्वारेन्टिनमा एक्लै बसिरहेकी छु । अचानकको लकडाउनका शुरुआती दिनहरुमा मैले धेरै भावनात्मक उतारचढाव महशुस गरेँ– डर, त्रास, क्रोध, कृतज्ञता, चिन्ता, एकांकीपन आदि, तर अब भने म शान्त भएकी छु । मैले आफूलाई अझ राम्ररी बुझ्न थालेकी छु । अरुहरुसँगका सम्बन्ध पनि गहिरो हुन थालेका छन् । आफ्ना लागि के कुरा सबैभन्दा महत्वपूर्ण हो भन्नेमा म प्रष्ट भएकी छु । मैले आफूलाई सही लाग्ने जीवन जिउने साहस भेटेकी छु ।
कोरोना महामारीका कारण यो महीना मजस्तै संसारभरका धेरै साथीहरु ‘सेल्फ—क्वारेन्टिन’मा बसेका छन् । हुनसक्छ, यो अवस्थामा अधिकांशले मजस्तै आफ्ना विचार र भावनाहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर संघर्ष गरिरहेका हुन् । मैले लकडाउनकमा बिताएका दुई महीना जे सिकेकी छु, त्यसले बाँकी साथीहरुलाई केही मद्दत पुग्ला कि भन्ने अपेक्षाले यो अनुभव साटिरहेकी छु ।
१. आफूलाई मानव हुन अनुमति दिऔं
जब कोरोनाभाइरसले पहिलो पटक चीनलाई प्रहार ग¥यो, संक्रमित र संक्रमणबाट निधन हुनेको संख्या डरलाग्दो गरी बढ्न थाल्यो, म निकै आत्तिए । सोचविचार गर्ने, भावनाहरुमा एकैछिन डुब्नसम्म समेत डर लाग्यो । र, मैले आफूलाई शान्त रहन बाध्य पारेँ।
क्वारेन्टिनमा बसेको १० औं दिन ७ फेब्रुअरीमा जब मैले कोरोनाभाइरस संक्रमण फैलिएको पहिलोपटक जानकारी दिने डा. ली वेनलियाङको निधनको खबर सुनेँ, धैर्यका बाँध एकाएक टुट्न थाले । म धेरैबेरसम्म रोइरहेँ । आफूभित्रको डर अनुभूत गरेँ, यी मृत्युहरुबाट संसारलाई पुग्ने क्षति महशुस गरे ।
मैले आफूलाई भावनाहरुसँगै बग्न छाडिदिएँ । भोलिपल्ट अलि हल्का महशुस गरेँ । अनलाइनमा साथीहरुको कुरा सुनेपछि यस्तो अनुभूति गर्ने म मात्र होइन रहेछु भन्ने लाग्यो ।
मेरो अनुभव भन्छ, यस्तो अवस्थामा आफूलाई शान्त र केही असर नभएजस्तो देखाउन जोडबल गर्नुहुन्न । आखिरमा हामी सबै मानव हौं । यदि तपाईं निराशा, चिन्ता, छट्पटी वा पीडा अनुभव गरिरहनुभएको छ भने यस्ता अनुभूतिहरु गलत होइनन् भनी आफूलाई सम्झाउनुहोस् । यो कठिन समयले मलाई के सिकायो भने मैले आफ्ना डरहरुलाई स्वीकार गर्न सके भने म वरिपरि अरुले पनि त्यसो गर्ने साहस बटुल्नेछन् । हामी सबैले आफूलाई मानव हुन दियौं भने हामीबीच साँचो सम्बन्धको सम्भावना पनि खुल्छ ।
२. के गर्न सकिन्छ त्यसमा ध्यान दिऔं, नसक्ने छाडिदिऔं
शुरुमा मैले आफूलाई निकै लाचार महशुस गरे । कोरोनाभाइरससँग आफ्नो जीवन संकटमा राखेर लडिरहेका स्वास्थ्यकर्मीलाई देखे । तर, म त घरभित्र सुरक्षित भएर बसिरहेकी थिएँ । आफूले केही गर्न नसकेकोमा निरीह महशुस भयो । यसरी सोचिरहँदा मैले आफैलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँदै लग्यो ।
तर, पछि मैले बुझे, क्वारेन्टिनमा बसेर आफूलाई सुरक्षित राखेर नै मैले भाइरसको विस्तार रोक्न र अरुका लागि जीवनदायी हुन सक्ने औषधि उपचार खर्चन नदिन मद्दत गरिरहेको थिए । आफूले गरेको सेल्फ क्वारेन्टिनको महत्व स्वीकार्नुहोस् । चीनमा क्वारेन्टिन शुरु भएपछि संक्रमण दरको गति कम हुन थाल्यो । यो उपायले संक्रमण रोकथाममा काम गर्छ भन्ने बलियो प्रमाण बन्यो ।
गर्न नसक्ने कुरा बारे सोच्नुभन्दा आफूले गर्नसक्ने कुरा तर्फ ध्यान डोहो¥याऔं । मैले यही प्रयास गरे । म सेल्फ क्वारेन्टिनका बेला के गर्न सक्छु ? म पर्याप्त निद्रा, पोषिलो खाना र नियमित व्यायाम समावेश गरिएको स्वस्थ्य दैनिकी अपनाउन सक्छु । आमालाई फोन गरेर भर्चुअल तरिकाले भए पनि समय बिताउन सक्छु । र, परिवारका अन्य सदस्य र साथीहरुको अवस्था पनि बुभ्mन सक्छु ।
अप्ठेरोमा परेका साथीहरुलाई सहयोग गर्न सक्छु, खाना ल्याइदिने मानिसलाई राम्रो ‘टिप’ दिन सक्छु, सुरक्षागार्डहरुलाई धन्यवाद व्यक्त गर्नका लागि ससाना नोट लेखेर राखिदिन सक्छु ।
आफूभन्दा अलि परका व्यक्तिहरुलाई म सहयोग गर्न सक्छु । कोरोनाभाइरससँग लडिरहेकाहरुलाई दान दिन सक्छु । यस वेला आफ्नै भावनासँग संघर्षरत् मानिसहरुलाई अनलाइन सहयोग गर्ने स्वयंसेवी समूहहरुमा सामेल हुन सक्छु । सकारात्मक सोच प्रवद्र्धन गर्न आफ्नो सिकाइमा आधारित लेख पनि लेख्न सक्छु।
३. ‘सोशल–मिडिया डिस्ट्यान्सिङ’ को अभ्यास गरौं
शुरुका दिनमा मैले धेरै समय सामाजिक सञ्जाल र समाचारहरु हेरेरै बिताएँ । यसले मलाई धेरै चिन्तित बनायो । यस्तो अवस्थामा मेरो बिथोलिएको मानसिक स्थिती देखेर म झनैं निराश हुन्थे । किन यस्तो भइरहेको छ भन्ने थाहा पाएपछि मैले सामाजिक सञ्जालबाट आफूलाई टाढा राख्न थालेँ । जतिखेर पनि फोनमा घोत्लिनुको सट्टा निश्चित समयमा मात्र फोन हेर्न थालेँ ।
अंग्रेजीमा भनिन्छ, “तिमी जे खान्छौ, त्यही हौ ।” तर, हामी खाद्यान्न मात्र होइन सूचनाहरु पनि ग्रहण गरिरहेका हुन्छौं । चिन्ता बढाउने समाचारको ठूलो भाग उपभोग गरेपछि साँझ मन शान्त होला भन्ने आश गर्न गाह्रो हुन्छ । मानसिक र भावनात्मक रुपमा आफूमा आफूले के ग्रहण गर्ने भन्ने कुरामा सचेत हुनुहोस् ।
४. वर्तमानमै बसौं
नेपालमा दशदिने विपश्यना ध्यान कोर्समा मैले सिकेको सबैभन्दा ठूलो पाठ यो थियो —जीवनमा परिवर्तन मात्र सुनिश्चित छ । सबै चिज सधैंका लागि परिवर्तन छन्, त्यसैले हामीलाई शान्ति चाहिएको छ भने हामीले परिवर्तन आत्मसात गर्नसक्नुपर्छ ।
परिवर्तनलाई अंगिगार गर्नु भनेको वर्तमानमा रहनु हो । बाहिर घुम्न जान र साथीहरुसँग अंकमाल गर्न पाउने दिनहरुको कल्पनामा आशा केन्द्रित गर्नु, वा बिगत अथवा भविष्यको सोचमा हराउनुको सट्टा यतिबेलाको वर्तमानमा हामी पूर्णरुपले उपस्थित भए के होला ? यो वर्तमानले ल्याउने कुराहरुप्रति हामी पूर्णरुपले खुला रहे के होला ?
सचेतनाले हामीलाई सिकाउँछ कि सबैभन्दा महत्वपूर्ण समय वर्तमान हो । र, सबैभन्दा महत्वपूर्ण कार्य भनेको वर्तमानमा रहनु हो । हामीले ध्यानको अभ्यासमार्फत यो क्षमतालाई बढाउन सक्छौं ।
हामी ध्यान गर्नका कारण असल ध्यानी बन्न होइन । जीवनमा अधिक रुपमा वर्तमानमा रहन र सचेत बन्न ध्यान गर्ने हो । अनिश्चयका यी क्षणहरुमा हाम्रो जागरुकता विकसित गर्न आवश्यक हुन्छ, जसले गर्दा हामी आफैंभित्र त्यस्तो रिक्त ठाउँहरु बनाऔं, जहाँ घटनाहरुबारे प्रतिक्रियात्मक नबनि सचेत बन्न सकौं । यी रिक्त स्थानहरुले नै हामीलाई जस्तोसुकै समस्या आइपर्दा पनि आफ्नो पूर्ण क्षमताका साथ सामना गर्न सक्षम बनाउँदछ ।
डेभिड फोस्टर वालेसले उनको किताब ‘दिस इज वाटर’ मा लेखेझैं वास्तविक स्वतन्त्रता, तपाईंसँग जहिले पनि विकल्पहरु हुन्छन् भन्ने ज्ञानबाट निश्चित हुन्छ । यदि मैले अहिले अहिले एउटै मात्र सल्लाह दिनसक्छु भने त्यो हो, ध्यान गर्न शुरु गर्नुहोस् । यदि तपाईँले ध्यान शुरु गर्नुभएको छैन भने, अनलाइनहरुमा थुप्रै सहायता सामग्री पाउन सक्नु हुनेछ ।
५. जोसँग हुनुहुन्छ, उसैसँगको सम्बन्ध सुमधुर बनाऔं ।
क्वारेन्टिनमा बसेका वेला तपाईं सीमित व्यक्तिहरुसँग नियमित सम्पर्कमा रहनुभएको हुनसक्छ । ती तपाईंका आमाबुबा, हजुरबा, हजुरआमा, बच्चाहरु, साथीसँगी, श्रीमान्—श्रीमती हुन सक्छन् वा स्वयं आफू । यो ती व्यक्तिहरुसँग सम्बन्ध प्रगाढ बनाउने समय हो ।
हामी जुन व्यस्त आधुनिक जीवनमा छौं, त्यहाँ जीवनका आआफ्नै अजेन्डा हुन्छन् । प्राथमिकता र कामको लामो सूची हुन्छ । ती सबै आफ्ना व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नका लागि हुन् । परिवारसँग समय बिताउनु हाम्रो प्राथमिकतामा नपरिरहेको हुनसक्छ । अहिले कोरोनाभाइरसले हाम्रा लागि त्यस्ता अवरोधहरु हटाइदिएको छ । यसले हामीलाई आफ्ना प्रियजनसँग बस्ने अप्रत्याशित उपहार मूल्यवान समय लिएर आएको छ ।
क्वारेन्टिनमा बस्दा सँगै रहेकाहरुसँग सम्बन्ध प्रगाढ बनाउनुहोस् । एकअर्कालाई राम्रोसँग बुझ्न प्रयास गर्नुहोस् । सँगैगर्दा आनन्द लाग्ने कामहरु गर्नुहोस् । सम्बन्धको त्यो गहिराइ थाहा पाउँदा तपाईं आफै आश्चर्यचकित हुन सक्नुहुन्छ । के थाहा पाउनुहोस् भने तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण सम्बन्ध तपाईं आफैसँगको हो ।
सम्बन्धमा हुनुका नयाँ तरिकाहरु सिकौं, सम्बन्धलाई गहिरिएर सुन्न सिकौ । र, आफूसँग अझ बलियोसँग समाहित बन्न सिकौं, आफ्ना असुरक्षित भावनाहरु देखाऊ । यी सम्बन्धहरुले नै हाम्रो जीवन सम्बृद्ध बनाउँछ ।
६. सम्पर्कमा बसौं ।
मैले अघिल्लो लेखमा लेखेजस्तै आधुनिक जीवनले हामीलाई एक्लिएर बस्न प्रशिक्षित गरेको छ । यसले हामीलाई सहकार्य भन्दा प्रतिष्पर्धा गर्न प्रोत्साहित गरेको छ, अन्तरनिर्भर होइन, आत्मनिर्भर हुन सिकाएको छ । समुदायवादी भन्दा व्यक्तिवादी हुन सिकाएको छ ।
कोरोनाभाइरसले हामीलाई यसको विपरीत उल्टो सिकाएको छ । तपाईं क्वारेन्टिनमा एक्लै हुन वा नहुन सक्नुहुन्छ तर यो दैनिक पहुँचभन्दा टाढा रहेका प्रियजनहरुसँग सम्पर्कमा बस्ने अवसर भने हो ।
सामान्यतः म नजिकका मानिसहरुसँग समय बिताउँथें तर क्वारेन्टिनले मलाई सिंगापुर, कोलम्बिया, मेक्सिको, अमेरिका र बेलायतमा रहेका प्रिय मित्रहरुसँगको सम्बन्ध घनिष्ठ बनाइदिएको छ ।
यी र अन्य साथीहरुसँग मैले अनलाइन संगीत साटासाट, कविता वाचन, सँगै खाना पकाउने कक्षा, मेडिटेसन कक्षा र मानवताबारेका आफ्ना विचार आदानप्रदान गर्ने जमघट पनि सञ्चालन गर्न सकेँ ।
७. धिमा गति, आत्मचिन्तन
हामीमध्ये धेरै असाध्यै व्यस्त छौं । सबेरै भ्याइनभ्याई लुगा लगाएर तयार हुनु, बाटोमै एक कप कफी समात्दैं हतारमा अफिस पुग्नुपछि दिनभरि काम गरेर फर्कनु, आदि । आफू र आफ्ना परिवारसँग बिताउने समय साह्रै कम हुन्छ । कोरोनाभाइरसले हामीलाई टक्क रोकिदिएको छ र हामी कसरी व्यस्ततामा हराइरहेका थियौं भन्ने बुझाइदिएको छ । मानिसहरु कुल गार्हस्थ उत्पादन वृद्धि र समाजको उच्च वर्गमा पुग्ने चिन्ता पन्छाउँदै, मेशिनको पुर्जा हुन छाडेर फेरि मानिस भएका छन् ।अब जीवन स्वचालित मोडमा छैन ।
एक अर्थमा जीवनको गति धिमा हुनु भनेको आफूले गर्न चाहेका कुरा गर्ने समय पाउनु हो । पहिले पर्याप्त समय नभएको बहाना बनाउँथें तर अब त समय नै समय छ । त्यसैले मैले ब्लग लेख्न शुरु गरेँ । पढ्न चाहेका किताब पढेँ । गिटार बजाउन सिक्दैछु । योग मन्त्रहरु जप गर्न सिक्दैछु । हरेक दिन १–२ घन्टा योग र ध्यान गरिरहेको छु । आफ्नो जीवनको अन्त्य आफूलाई थाहा नहुँदो रहेछ । हामीले भोलिपर्सिका लागि छाड्नुको सट्टा मैले अहिलेकै जीवन आफूले चाहे अनुसार जिउने निर्णय गरे ।
८. नियमित व्यायाम गरौं
मानसिक तथा भावनात्मक सुस्वास्थ्यका लागि शारीरिक रुपले सक्रिय रहनु महत्वपूर्ण छ । दैनिक योग तालिकाले मलाई सकारात्मक प्रभाव पारिरहेको छ, प्रष्टता र खुशी तुल्याइराख्न मद्दत गरिरहेको छ । यदि तपाईंले यसअघि कहिल्यै व्यायाम वा योग अभ्यास गर्नुभएको छैन भने यसका लागि यो समय सर्वाधिक उपयुक्त बन्नसक्छ । यसका लागि थुप्रै निःशुल्क अनलाइन संसाधनहरु पनि उपलब्ध छन् ।
(चेन सांघाईस्थित एक निजी कम्पनीकी व्यापार व्यवस्थापक हुन् ।)