लिस्बन।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको भन्दा निको हुनेको संख्या लगभग चार गुणाले बढी छ।
पछिल्लो २४ घण्टामा ३० जनाले ज्यान गुमाएका छन् भने उपचार पश्चात् निको भएर सामान्य जीवनमा घर फर्कनेको संख्या ११० छ।
पोर्चुगलमा हालसम्म उपचारपछि घर फर्किनेको संख्या ४९३ पुगेको छ । विश्वभर कोरोना संक्रमणबाट उपचार पश्चात निको हुने बिरामीको संख्या ५ लाख २५ हजार छ।
पोर्चुगलमा हालसम्म १८ हजार ८४१ जना संक्रमित भएका छन् । यस्तो संख्या पछिल्लो २४ घण्टामा थप ७५० छ ।
राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयका अनुसार २२९ जना कोरोनाका बिरामी गम्भिर अवस्थामा छन् ।
सरकारले अहिलेसम्म २ लाख ८ हजार बढिमा कोरोना परिक्षण गरिसकेको छ ।