पोर्चुगल : जीएनआर प्रहरीका कमान्डर कोरोना संक्रमित

लिस्बन।

सेर्ता जीएनआर कमान्डर कोरोना संक्रमित भएका छन्।

ड्युटीमा रहेका जीएनआर कमान्डर अस्वस्थ्य भएपछि उनलाई उपचारको लागि अस्पताल लागिएको थियो।

स्वास्थ्य परिक्षण पश्चात् उनलाई कोरोना संक्रमणको पुष्टि भएको टिभीआई ले लेखेको छ।

संक्रमित जीएनआर कमान्डर हाल आइसोलेशंमा छन्।

आजै मात्र कास्काइस फायर ब्रिगेडका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएको समाचार बाहिर आएको थियो ।

एकै ब्रिगेडका ३ कर्मचारी संक्रमित भएपछि फायर ब्रिगेड कार्यालय नै बन्द भएको छ।

कास्काइस फायर ब्रिगेडकार्यालय शनिवारदेखि बन्द भएको हो।

ब्रिगेडमा कार्यरत दुई जना कर्मचारीले एक बृद्धलाई उनकै घरबाट उद्धार गरी उपचारका लागि अस्पताल लागेका थिए। अस्पतालमा ति वृद्धको उपचारको क्रममा कोरोना भाइरसबाट मृत्यु भयो।

वृद्धको मृत्युपछि उनलाई अस्पताल पुर्याउने दुबै कर्मचारीको स्वास्थ्य परिक्षण गरियो र दुबैमा कोरोना संक्रमण पुष्टी भयो। उनीहरुको सम्पर्कमा भएका एक अर्का कर्मचारीमा पनि संक्रमण देखिएपछि अहिले ब्रिगेड नै बन्द गरिएको छ।

यो संगै सोही ब्रिगेडमा कार्यरत अन्य १२ जान कर्मचारीहरुको स्वास्थ्यपरिक्षण गरिनुका साथै सबैलाई क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परिक्षण गरिएका १२ जना कर्मचारीहरु ल्याबको नतिजाको पर्खाइमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार