कारोनाका कारण श्रीलंकामा झण्डै तीन हजार कैदी रिहा

काठमाडौं ।

श्रीलंका सरकारले कारागारमा रहेका झण्डै तीन हजार जनालाई रिहा गरेको छ । कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कफ्र्यू लगाइएको छ ।

श्रीलंकामा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् भने १६६ जना संक्रमित भएका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत मार्च १७ देखि अहिलेसम्म जेलमुक्त हुनेमा दुई हजार ९६१ जना रहेका छन् ।

श्रीलंकाका अधिकांश कारागारमा वास्तविक क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएकाले रिहा गरेर कटौती गरिएको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार