युरोप र क्यानडाको आकासमा नेपाल एयरलाइन्स

काठमाडौं ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले जहाजले बेलायत, जर्मनी र क्यानडामा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले यसैसाता बेलायत, जर्मनी र क्यानडा चार्टर उडानको प्रारम्भिक तयारी भइरहेको वायु सेवा निगमले जनाएको छ ।

युरोपका मुख्य गन्तव्यमा चाटर्ड उडानको प्रारम्भिक तयारी भइरहेको निगमले जनाएको छ । अबको सातादेखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानडा जान लागेको होे । निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चाटर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने निगमको भनाइ छ ।

तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सीधा उडान भर्नेछन् । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ । वाइडबडीले लण्डनबाट क्याना र जर्मनीको उडान भर्नेछ । नेपाली ध्वजा वहाक जहाजले १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार