पोर्चुगलमा २१ बर्षे युवाको हत्या , भिरमा फ्याकिएको टुक्रा टुक्रा शरीरबाट टाउको १५० किलोमिटर टाढा भेटियो !

लिस्बन।

पोर्चुगलको अल्गार्भमा एक २१ बर्षिय युवाको हत्या भएको छ। पोर्च सितारा भिला भिटा रिसोर्टमा काम गर्ने उनी मार्च १८ तारिखबाट हराएका थिए।

सम्पर्कबिहीन भएका ति युवाको शरीरलाई टुक्रा टुक्रा भएको अवस्थामा प्रहरीले फेला परेको छ। उनको टाउको, हात, खुट्टा, र शरीर अल्गार्भकै अलग अलग ठाउमा भेटिएको छ।

प्रहरीका अनुसार मृतकको टाउको ताभिराको प्रसिद्ध क्षेत्र पेगो दि इन्फेर्नोमा भेटिएको छ भने हात र खुट्टा बिनाको टुक्रा टुक्रा भएको उनको शरीर १५० किलोमीटर टाढा साग्रेसको चट्टानी भिरमा कालो प्लास्टिकको झोलामा फ्याकिएको भेटिएको छ। प्रहरीले मृतकको टुक्रा पारिएको हात र खुट्टा अझ भेटाएको छैन।

मृतक डियागो गोन काल्वेस आइटी टेक्निसियन थिए। उनको हत्या अभियोगमा १९ र २१ बर्ष उमेरकी दुई युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

एक पुलिस स्रोतका अनुसार, ती केटीहरू मध्ये एक डिओगोको साथी थिई “र उसलाई थाहा थियो कि उसले ठूलो मात्रामा पैसा पाएको छ”।

दुवैले डियागोबाट पैसा लिन प्रयास गरे र त्यहाँ झगडा भयो। झगडामा डियागोको मृत्यु भयो। त्यसपछि यो घटना लुकाउन दुवै युवतीले डियागोको शरीरलाई टुक्राटुक्रा गरेर विभिन्न ठाउँमा फ्याके।

हिरासतमा भएका दुवै युवतीहरुलाई आवश्यक कारवाहीका लागि अर्को हप्ता अदालतमा उपस्थित गराईदैछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार