पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासीलाई जनही ६ हजार युरोसम्म जरिवाना !

लिस्बन।

पोर्चुगलमा क्वारेन्टाइनको अवाज्ञा गर्ने ४ जना आप्रवासीलाई जनही ६ हजार युरोसम्म जरिवाना गरिएको छ।

१९ देखि ४६ बर्ष उमेरका उनीहरुलाई पीएसपी प्रहरीले राज्य आपतकालीन अवस्थामा भएको समयमा क्वारेन्टाइनको अवाज्ञा अपराधमा पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

पक्राउ परेका ४ जना मध्ये २ जना रोजगारदाता र २ जना श्रमिक भएको अदालतको ठहर छ। २ जना रोजगारदातालाई जनही ६ हजार युरो जरिवाना गरिएको छ भने बाँकी २ जना श्रमिकलाई जनही १८०० युरो जरीवाना गरिएको छ।

 

श्रमिकहरुलाई रोजगारदाताहरुले जबरजस्ती काममा प्रयोग गरेको अदालतको ठहर छ।

पक्राउ परेका उनीहरु कुन देशका नागरिक हुन् भन्ने खुलाईएको छैन।

यसघि पनि क्वारेन्टाइनको अवाज्ञा गर्ने ७ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराईएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार