बेल्जियम अपडेट : ६२३५ जना कोरोना संक्रमित, २२० को मृत्यु – स्थिती सामान्य हुन एक बर्ष लाग्नसक्ने विज्ञहरुको चेतावनी

रमेश कँडेल, ब्रुज।

बेल्जियममा गत २४ घन्टामा १२९८ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ८५७ (६६%) Vlaanderen, २५६ (२०%) Wallonië, १६४ (१३%) Brussel र ठेगाना थाहा नभएको २१ (२%) छन्।

आजसम्म बेल्जियममा ६२३५ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ३८८० (६२%) Vlaanderen, १४९० (२४%) Walloniē, ७०९ (११%) Brussel र ठेगाना थाहा नभएको १५६(३%) छन्।

बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट गत २४ घन्टामा ४२ सहित २२० जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। गत २४ घन्टामा ५३६ कोरोना संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएको छ। अहिले सम्म २६५२ हस्पिटलमा रहेकोमा ६०५ जनालाई भेन्टिलेटरमा राखिएको छ।

बेल्जियमले छिमेकी देशका कोरोना संक्रमितहरुलाई उपचार नगर्नेकुरा प्रधानमन्त्रीको कार्यालयले बताएको छ। जवसम्म कोरोना संक्रमणको पिक आवरमा पुगिदैन हस्पिटलको सबै बेडहरु बेल्जियमकै मानिसहरुलाई सुरक्षित राखिनेछ ।

यहाँको प्रहरीहरुले अब आफ्ना नागरिकहरुलाई आफ्नो घरको १ किलोमिटर र करिब १ घन्टामात्र दौडन र हिड्न दिनको लागि प्रयास गर्दैरहेको जनाईएको छ।

भोली शुक्रबार बेल्जियमको सुरक्षापरिषदको बैठक बस्दैछ। यसले आगामी ५ अप्रिल सम्म लकडाउन गर्नेकी अझै अगाडी लैजाने भनेर निर्णय गर्नेछ । यसै बिचमा बेल्जियमका चर्चित भाईरस बिषेशज्ञ Marc Van Ranst ले बेल्जियम फेरी सामान्य हुनको लागि करिब एक बर्ष लाग्ने बताएका छन्। बेल्जियमको स्कुलहरु कहिले खुल्ने अझै निश्चित भएको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार