प्रियंका र आयुष्मान बिहे बन्धनमा बाँधिए

काठमाडौं |

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिबाह गरेका छन्। लामो समयदेखि प्रेममा रहेका उनीहरुले बिहीबार अदालतमा गएर कानुनी रुपमा बिबाह गरेका हुन्।

बिबाहका लागि जिल्ला अदालत ललितपुर पुगेका उनीहरुले अदालतमा एक अर्कालाई माला लगाएका थिए। उनीहरुले अदालतमा परिवारका सदस्यहरुका बीचमा बिबाह सम्पन्न गरेका हुन्। अहिले नायिका प्रियङ्का कार्कीले इन्स्टाग्राममा बिबाहको तस्विर सेयर गरेकी छिन्।

कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार