कुवेतमा बालुवाको ढिस्काले पुरिएर ६ नेपालिको मृत्यु,२ घाईते

हरि कृष्ण न्यौपाने, कुवेत।

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो १२ फेब्रुअरी,२०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो भने २ जना कुवेतको जाहारा अस्पतलमा उपचार गराई रहेका छन।

नेपाली राजदूताबास कुवेतको दितिय सचिब जानुका ओझाले घटनाको बारेमा भनिन” चिनियाँ कम्पनी (CGGC) ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो ।

ढिस्कोमा पुरिएकामध्ये ६ जना नेपाली कामदारहरुमध्ये ४ जनाको पहिचान खुलिसकेको छ। मृत्यु हुनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङ्का श्याम नारायण चौधरी छन्। बाँकी दुई जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा उद्दार गरिएका २ जना नेपालिहरुको कुवेतको जाहरा अस्पतालमा उपचार भईरहेको छ।ओझाले थपिन”दुर्घटनाको समयमा त्यहा कति जना कार्यरत थिए अनि केही कामदारहरुको सकुशल उद्धार गरिएको तथा केही अझै हराई रहेको भनिए पनि यसबारे हामीलाई कुनै आधिकारिक जानकारी आएको छैन।”

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार