घानामा लैजान लागिएका १२ नेपाली रोक्न एनआरएनएको अनुरोध, घानामा अलपत्र पारिएका २ नेपालीलाई नेपाल फर्काउने तयारी

काठमाडौँ ।

गैरआवासीय नेपाली संघ घानाले दलालहरुको दुस्चक्रमा परेर घाना पुर्याउन खोजिएका १२ नेपालीलाई रोक्न अनुरोध गरेको छ ।

एनआरएनए घानाका अनुसार यसअघि अलपत्र पारिएका २ नेपालीको सूचनाका आधारमा सो सार्वजनिक अपिल ,गर्नुपरेको जनाइएको छ । एनआरएनए घानाका तर्फबाट केन्द्रीय अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हमेराज शर्मा र आइसीसी परिवारलाई सम्बोधन गरी ७ फ्रेबुअरीका दिन लेखिएको पत्रका अनुसार पशुपति भिजन गौशलाको ठिक पछाडी कार्यालय रहेको सनराइज ह्युमन रिसोर्सले १२ नेपाली अलपत्र पर्ने गरी आइतबार उडाउँदैछ ।

 

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cudm9pY2VvZm5lcGFsLnR2LzIwMjAvMDEvNTE0MTAvIiwiaW1hZ2VfaWQiOi0xLCJpbWFnZV91cmwiOiJodHRwczovL3d3dy52b2ljZW9mbmVwYWwudHYvd3AtY29udGVudC91cGxvYWRzLzIwMjAvMDEvMTA2NjIyMTIzNDVfY2ZiMWY1YjIzYl9iLmpwZyIsInRpdGxlIjoi4KWn4KWoIOCksuCkvuCkliDgpKTgpL/gpLDgpYfgpLAg4KSV4KS+4KSu4KSm4KS+4KSwIOCkreCkv+Ckt+CkvuCkruCkviDgpKrgpYvgpLDgpY3gpJrgpYHgpJfgpLIg4KSG4KSP4KSV4KS+IOCkqOClh+CkquCkvuCksuClgOCkueCksOClgSDgpaog4KSu4KS54KS/4KSo4KS+IOCkrOCkv+CkpOCkv+CkuOCkleCljeCkpuCkviDgpKrgpKjgpL8g4KSs4KWH4KSw4KWL4KSc4KSX4KS+4KSwIDog4KSq4KS/4KSh4KS/4KSk4KS54KSw4KWBIOCkreCkqOCljeCkm+CkqCAsIOKAnSDgpI/gpKjgpIbgpLDgpI/gpKgg4KSo4KWH4KSk4KS+4KSy4KWHIOCkqOCliCDgpLngpL7gpK7gpYDgpLLgpL7gpIgg4KSq4KWL4KSw4KWN4KSa4KWB4KSX4KSyIOCksuCljeCkr+CkvuCkj+CkleCkviDgpLngpYHgpKjgpY0g4oCcIiwic3VtbWFyeSI6IiIsInRlbXBsYXRlIjoidXNlX2RlZmF1bHRfZnJvbV9zZXR0aW5ncyJ9″]

अस्तित्वमा नै नभएको Archomet Oil Company को नाममा १२ नेपालीलाई फ्लाइ दुबई र इमिरेट्स एयरबाट घाना पुर्याई अलपत्र पार्दैछ भन्ने जानकारी प्राप्त भएकाले सो अनुरोध गर्नु परेको जनाइएको छ । यसअघि घाना पुर्याइएका पासपोर्ट नं ०८७९५८६५ का रेशम श्रेष्ठ र पासपोर्ट नं ११११६२५७ का सुमन भण्डारीले दिएको सूचना अनुसार हुँदै नभएको कम्पनीमा पाइँदै नपाइने आकर्षक तलबको लोभ देखाएर थप नेपाली त्यता लान खोजिएको छ । जनही १२ लाख तिरेर १५७० अमेरिकी डलर कमाउन गएका दुई युवा अलपत्र पारीएपछि सनराइज ह्युमन रिसोर्सको यो प्रकरण बाहिर आएको हो ।

 

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cudm9pY2VvZm5lcGFsLnR2LzIwMjAvMDEvNTE1NzMvIiwiaW1hZ2VfaWQiOi0xLCJpbWFnZV91cmwiOiJodHRwczovL3d3dy52b2ljZW9mbmVwYWwudHYvd3AtY29udGVudC91cGxvYWRzLzIwMjAvMDEvdmlhamFyLXBhcmEtcG9ydHVnYWxfMDAxLmpwZyIsInRpdGxlIjoi4KWn4KWoIOCksuCkvuCkluCkleCliyDgpKrgpYvgpLDgpY3gpJrgpYHgpJfgpLLgpJXgpYsg4KSV4KS+4KSu4KSm4KS+4KSwIOCkreCkv+Ckt+Ckviwg4KSy4KS/4KS44KWN4KSs4KSoIOCkj+Ckr+CksOCkquCli+CksOCljeCkn+CkrOCkvuCknyDgpLjgpL/gpKfgpYgg4KSP4KSo4KSG4KSw4KSP4KSo4KSPIOCkquCli+CksOCljeCkmuClgeCkl+CksiDgpIXgpKfgpY3gpK/gpJXgpY3gpLfgpJXgpYsg4KSY4KSw4KSu4KS+IOCksOCkv+CkuOClh+CkquCljeCkuOCkqCDgpLAg4KSw4KS+4KSk4KWN4KSw4KS/4KSt4KWL4KScIDog4KSV4KWHIOCkmyDgpJXgpKjgpYfgpJXgpY3gpLjgpKggPyIsInN1bW1hcnkiOiIiLCJ0ZW1wbGF0ZSI6InVzZV9kZWZhdWx0X2Zyb21fc2V0dGluZ3MifQ==”]

उनीहरुका अनुसार नेपालको एजेण्ट अमर पाण्डेले फ्रेबुअरीको अन्तिमसम्म भनेर ढाँटी रहेको र घानाको एजेण्ट कुवाकु अनानले ‘कम्पनी देखाउन सक्दिन, तिमीहरु टिकट काटेर आफ्नै घर जाउ’ भनेर दबाब दिइरहेको बताइएको छ । अलपत्र पारिएका यी दुई युवाको सूचनाका आधारमा थप १२ नेपाली अलपत्र नपारिउन भनि गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले समेत अपिल गरेका छन् ।

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cudm9pY2VvZm5lcGFsLnR2LzIwMjAvMDIvNTE4MTYvIiwiaW1hZ2VfaWQiOi0xLCJpbWFnZV91cmwiOiJodHRwczovL3d3dy52b2ljZW9mbmVwYWwudHYvd3AtY29udGVudC91cGxvYWRzLzIwMjAvMDIvU2NyZWVuc2hvdC0yMDIwLTAyLTA2LWF0LTE4LjMxLjI4LmpwZyIsInRpdGxlIjoi4KSq4KWL4KSw4KWN4KSa4KWB4KSX4KSy4KSu4KS+IOCkteCksOCljeCklSDgpK3gpL/gpLfgpL7gpJXgpL4g4KSq4KS/4KSh4KS/4KSk4KS54KSw4KWB4KSy4KS+4KSIIOCkj+CkqOCkhuCksOCkj+CkqOCkjyDgpIXgpKfgpY3gpK/gpJXgpY3gpLfgpJXgpYsg4KSq4KWN4KSw4KS24KWN4KSoIDog4KSu4KS/4KSh4KS/4KSv4KS+4KSy4KS+4KSIIOCkuOClgeCkmuCkqOCkviDgpJXgpLjgpLLgpYcg4KSm4KS/4KSv4KWLID8gIiwic3VtbWFyeSI6IiIsInRlbXBsYXRlIjoidXNlX2RlZmF1bHRfZnJvbV9zZXR0aW5ncyJ9″]

 

अलपत्र पारिएका रेशम श्रेष्ठ र सुमन भण्डारीलाई ७ फ्रेबुअरीसम्म पनि पासपोर्ट नदिएपछि उनीहरुको हस्तलिखित गुहार सार्वजनिक भएसँगै एनआरएनए घानाले यस्तो विशेष अनुरोध गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार