जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

काठमाण्डौ ।

राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक वकिललाई पक्राउ गरेको छ।राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रमेश दाहालको परिवारसँग घुस लिने अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रबाट रानामगरलाई शुक्रबार अपराह्न पक्राउ गरेको जानकारी दिए।प्रहरीका अनुसार रानामगरले कारागारबाट छुटाइदिन्छु भनेर दाहाल परिवारबाट ४२ लाख घुस लगेका थिए ।

तर उनले छुटाउन नसकेपछि दाहाल परिवारले उजुरी दिएका थिए। रानामगरले दाहाल परिवारसँग पटकपटक गरी ४० लाख नगद र दुई लाखकाे चेक लगेकाे प्रहरीले जनाएकाे छ।

दाहाललाई राजस्व चुहावट गरेकाे आराेपमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले पक्राउ गरी ०७५ म‌ंसिर २४ गते मुद्दा चलाएकाे थियाे। उक्त मुद्दा सुनुवाइ गर्दै अदालतले उनलाई ५ कराेड धराैटी माग गरेकाे थियाे।जिल्ला अदालतकाे याे निर्णयविरुद्ध दाहालले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

उच्च अदालतले २ करोड २५ लाख रुपैयाँ धराैटी माग गरेकाे थियाे। साे धराैटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए। दाहाल माेबाइल रिचार्ज कार्ड र सिमकार्डका काराेबारी हुन्।घुस लिने वकिललाई थप कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसरमा बुझाएकाे छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार