नेपाल टेलिभिजनका पहिलो प्रस्तोता शर्माको निधन

काठमाडौं।

नेपाल टेलिभिजनका स्थापनाकालदेखि नै सेवा गर्दै आएका सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता ७२ वर्षीय शर्माको मनमोहन कार्डियोथोरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा बुधबार निधन भएको हो ।

शर्मा केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त थिए । पारिवारिक स्रोतका अनुसार शर्मालाई गत बिहीबार मुटुसम्बन्धी समस्या भएपछि गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको र मंगलबार राति मनमोहनमा भर्ना गरिएको थियो । उनलाई पहिले पनि हृदयघात भएर उपचार गराइरहेका थिए ।

नेपाल टेलिभिजनमा शर्माले धेरै समयसम्म प्रस्तुत गर्ने ‘विश्व घट्ना’ लोकप्रिय कार्यक्रममध्ये एक थियो ।

२००४ सालमा इलाममा जन्मेका शर्माले गोरखापत्र, रेडियो नेपाल र एनटिभीमा धेरै वर्ष समाचारवाचक, कार्यक्रम प्रस्तोता, समाचार निर्देशक र नायब महाप्रबन्धकसम्म नेतृत्व तहको विभिन्न पदमा रहेर काम गरेका थिए ।

१४ पुष २०४२ सालमा नेपाल टेलिभिजन शुरुवात हुँदा पहिलो शर्मा नै पहिलो प्रस्तोता थिए । उनले पत्रकारिताका शिक्षक तथा प्रशिक्षकको रुपमा आफ्नो सक्रियता जारी राखेका थिए । शर्माका श्रीमती र २ छोरा छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार