कर्मशीलता !

– सुरेश जोशी, पोर्चुगल

भन्छन कोहि पैसा ठुलो ,कोहि भन्छन ठुलो नाम
म त् भन्छु संसारमा , सबैभन्दा ठुलो काम
गर कर्म खुशी भई , देऊ सबलाई सही बाटो
सम्झिनेछन हर एकले, कुरा काट्नुको साटो !!१!!

सजिलो त् पक्कै छैन ,बनाउन यो परिचय
निरन्तर तर पनि , कर्म गर राख्दै धैर्य
विज्ञ हुनुस सब कुरामा ,शुभकामना साथमा मेरो
मान संसार केवल भ्रम , छैन केहि तेरो मेरो !!!२!!!

बाँड खुशी राख्दै दु:ख, जानौ संसार केवल स्वार्थी
समय हो गुरू हाम्रो , हामी सबै हौ शिक्षार्थी
बाँडौं केवल किरण आशको, ज्ञान भर्न जगतमा
देख्न सिकौं सबैलाई ,सफलताको आसनमा !!!३ !!!

के नै दिन सक्छु मैले ,दिए केवल एउटा कुरा
बन आफै राम्रो मान्छे ,खोज्न हुन्न राम्रा भुरा
स्वयम् बन मणी यहाँ , सबलाई देऊ ज्ञानको किरण
हरेक स्वार्थी संसारका ,तिर्ने सबै गुनको रीण !!!४!!!

चाहन्छु म बनून सफल ,दुनियाका हरेक बालक
हिड्न सकुन समय संगै , भई कन सधै चालक
दिन सक्ने चीजै छैन , आशा भन्दा अरु केहि
पाउनै गार्हो संसारमा , आशा दिने मान्छे सही !!! ५!!!!

( सुरेश जोशी भोइस टिभी का सम्पादक हुन्। )

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार