१५ हजार घुससहित रेन्जर यादव पक्राउ

महोत्तरीमा वनका एक कर्मचारीलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलेश्वरनाथ सवडिभिजन वन कार्यालय, बखरी, महोत्तरीमा कार्यरत रेन्जर राम अशीष यादव छन्। महोत्तरीको एकडारा गाउँपालिका २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्याक्टर नियन्त्रणमा लिई सेवाग्राहीबाट १५ हजार घुस लिएलगत्तै रेन्जर यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

रेन्जर यादव घुस मागेपछि सेवाग्राहीले अख्तियारको कार्यालय बर्दिबासमा खबर गरेका थिए। त्यसपछि अख्तियारको टोली त्यहाँ पुगेको थियो। सोही बेला रकम दिएलगत्तै रेन्जर यादवलाई १५ हजारसहित पक्राउ गरेको हो।

पक्राउ परेका रेन्जर यादवलाई अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार