जिम गरेर सउना बाथ लिने क्रममा दम्पत्तिको निसास्सिएर मृत्यु

काठमाडौं।

ललितपुरको एक साउना बाथमा नुहाउन गएका दम्पतीको भित्रै निसास्सिएर मृत्यु भएको छ । म्याग्दी तीनखोलामा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षकी नेत्रकुमारीको निसास्सिएर मृत्यु भएको हो ।

हस्त पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाका स्वकीय सचिव थिए । गर्बुजाका एक आफन्तका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा उनीहरुको ज्यान गएको हो ।

ती आफन्तका अनुसार उनीहरु भित्र पसेको लामो समयसम्म बाहिर ननिस्किएपछि ढोका खोलेर हेर्दा उनीहरु बेहोस अवस्थामा भेटिएका थिए । तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको उनले बताए ।

उनीहरुको ढोका लक भएको र भित्रबाट खोल्ने प्रयास गर्दा नखुलेको पाइएको उनले बताए । साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ । तर गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार