मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर मृत्यु

कञ्चनपुर ।

मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर आफ्नै घरमा ज्यान गुमाएका डगौँराको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार