लिस्बनमा रेलको ठक्करले १५ बर्षीय युवाको मृत्यु !

लिस्बन, पोर्चुगल।

लिस्बनको बेलम स्टेशन नजिकै पैदल यात्रु क्रसिंग क्षेत्र बाहिर रेलवे लाइन पार गर्दा १५ बर्षीय एक युवाको मृत्यु भएको छ।

लिस्बनको पीएसपी मेट्रोपोलिटन कमाण्डका अनुसार बिहान ८:४५ बजेतिर घटनाको सूचना प्राप्त भएको थियो। पीडित युवा व्यक्तिहरूको एउटा समूहको हिस्सा थियो, जो अनुचित ठाउँमा लाइन पार गर्दै थिए। अधिकारीहरु को अनुसार त्यहाँ अन्य चोटपटकको कुनै रिपोर्ट छैन।

राष्ट्रिय चिकित्सा आपतकालिन संस्थान (आईएनईएम) ले बिहान ८:३६ बजे अलर्ट पाए र एम्बुलेन्स, मोटरसाइकल र मनोवैज्ञानिकहरूको टोली पठाइयो र अस्पताल डी साओ फ्रान्सिस्को जेभियरबाट मेडिकल गाडी उद्धारको लागि पठाइएको थियो ।

सो घटनामा पिडितको उद्धारको लागि लिस्बन फायर फाइटर रेजिमेन्टले सात वाहन समेत परिचालन गरिएको थियो ।

कम्बियोज डी पोर्तुगलका अनुसार दुर्घटनाका कारण कास्काइस लाइन बिहान ८: ३० देखि ९:५०बजे बीचमा अवरुद्ध भएको थियो।

घटनाका मृतक ब्राजिलियन मुलक नागरिक भएको बुझिएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार