एनआरएनए अल्गार्भ कप २०२० हिमालयन गोर्खाले जित्यो !

एनआरएनए अल्गार्भ कप २०२० हिमालयन गोर्खाले चुमेको छ।

बिजेता हिमालयन गोर्खाले मोन्ते गोर्दोलाई एकका बिरुद्ध ४ गोलले पराजित गर्दै जित हासिल गरेको हो।

बिजेता हिमालयन गोर्खा टिमलाई हिमालयन गोर्खा रेस्टुरेन्ट एण्ड शुशीले स्पोन्सोर र व्यवस्थापन गरेको थियो भने उपविजेता मोन्तेगोर्दो टीम मोन्तेगोर्दो समाजको प्रतिनिधित्व गर्दै खेलेको थियो।

फाइनल खेलमा मोन्तेगोर्दोका बिबेक गुरुङले १ गोल गरेका थिए भने हिमालयन गोर्खाका रितेश गुरुङ र निर्दोष हमालले १-१ गोल र प्रवेश भट्टराईले २ गोल गरेका थिए।

उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी निशान हमला घोषित भए। उत्कृष्ट गोलकिपरमा सन्तोष रम्तेल पुरष्कृत भए भने सबैभन्दा बढी गोल गर्ने खेलाडीमा राकेश गुरुङ पुरष्कृत भए ।

बिजयी टिम र खेलाडीहरुलाई ट्रफी, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

एनआरएनए अल्गार्भ कप २०२० मा ११ टीम सहभागी थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार