अवैध रुपमा पोर्चुगल जान लागेका ८ नेपाली रोमानियामा पक्राउ

लिस्बन, पोर्चुगल।

अवैध रुपमा पोर्चुगल जान लागेको ८ जना नेपाली रोमानियामा पक्राउ परेका छन् ।

साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा ८ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीहरु पोर्चुगल जान लागेका रोमानियन प्रहरीले जनाएको छ ।

रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेको जनाइएको छ ।

रोमानियाको टिमिसोरादेखि जिम्बोलियासम्म रेलयात्राबाट पुगेका उनीहरुले त्यहाँबाट अवैध रूपमा सीमा पार गरी पोर्चुगल जान लागेको प्रहरीलाई बयान दिएका छन् ।

पक्राउ परेका उनीहरूलाई त्यहाँको शरणार्थी केन्द्रमा राखिएको रोमानियन बोर्डर पुलिसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार