फागुनदेखि नेपालमा रेल चल्ने !

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल ल्याउन लागिएको छ।

भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ। यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने बताइएको छ। केही समय पहिले नै रेलमार्ग तयार भइसकेको छ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ। सरकारले अहिले दुईवटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार