के गर्दैछिन् बेल्जियमकी राजकुमारी कैलालीमा ? ( फोटो फिचर )

कैलाली ।

बेल्जियमकी राजकुमारी एष्ट्रिडले कैलालीमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गरेकी छन् ।

सोमबार राजकुमारी एष्ट्रिड र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन् ।

दामिन फाउन्डेसनको सहयोगमा उक्त उपचार केन्द्र स्थापना गरिएको हो । राजकुमारी एष्ट्रिड दामिन फाउन्डेसनकी मानार्थ अध्यक्ष हुन् ।

कैलालीको गोदावरी नगरपालिका–६, श्रीपुरमा रहेको उपचार केन्द्र करिब तीन विगाहा क्षेत्रफलमा फैलिएको छ ।

हाल सो केन्द्रमा ६ जना बिरामीहरु उपचाररत् रहेको जनाइएको छ ।

राजकुमारी एष्ट्रिड श्रीमान्सहित सोमबारै बिहान श्री एअरलाइन्सको विमानबाट धनगढी आएकी हुन् ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलगायतले स्वागत गरेका थिए ।

उनी एक साता लामो नेपाल भ्रमणकाक्रममा आइतबार काठमाडौं आइपुगेकी थिइन् ।

५७ वर्षीया राजकुमारी एष्ट्रिड बेल्जियमका पूर्वराजा अल्बर्ट द्वितीय र रानी पावोलाकी एकमात्र छोरी हुन् । उनी वर्तमान राजा फिलिपकी बहिनी हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार