पक्राउ पुर्जिपछी गायिका आस्था राउतले भनिन् : ‘म सिक्किममा छु, प्रहरीलाई सहयोग गर्न तयार छु’

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । विमानस्थलमा भएको महिला सुरक्षाकर्मी र आस्था राउतको विवादपछि उनले फेसबुक लाइभ मार्फत प्रहरी संगठनमाथि नै आक्रोश पोखेकी थिइन् ।

उनको आक्रोशमा प्रहरी संगठनमाथि गालीगलौज पनि गरिएको थियो । यसपछि, आस्थाले फेसबुक लाइभ मार्फत माफी पनि मागिसकेकी छिन् ।

प्रहरीले आस्था राउतलाई पक्राउ गर्ने अनुमती पाएको तर उनी फरार रहेकाले खोजी जारी रहेको बताएको छ । गायिका आस्था राउत भने अहिले सिक्किममा छिन् । सिक्किमबाट गायिकाले भनिन्–‘फरार रहेको भन्ने बिषयमा म केही भन्न सक्ने अवस्थामा छैन । किनकी, अहिले म सिक्किममा छु र आज यहाँ शो भएकाले यसको तयारीमा छु । मलाई प्रहरीबाट यो बिषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन । मलाई प्रहरीले यस बिषयमा जानकारी गराएपछि म प्रहरीलाई सहयोग गर्न तयार छु । म अहिले यही शोको तयारीमा छु ।’

आस्थाले आफूमाथि दुर्व्यवहार भएको पनि बताएकी छिन् । उनले भनिन्–‘म माथि सुरक्षा जाँचका क्रममा दुर्व्यवहार भएको हो । तर, मैले आवेगमा आएर केही शब्दहरु गलत बोलेकी हुँ । यसका लागि म क्षमा माग्न चाहन्छु ।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार