नेपाली नारी समाज पोर्तुगलद्धारा १ महिने “विशेष ब्युटिसियन” तालिम सम्पन्न

पुनम गौतम, पोर्चुगल।

नेपाली नारी समाज पोर्तुगलद्धारा सञ्चालित १ महिने “विशेष ब्युटिसियन” तालिमको आज समापन गरिएको छ ।

स्थापना काल देखि नै पोर्चुगलमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउन नेपाली नारी समाज पोर्तुगलले विभिन्न सिपमुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । सोहि अवसरमा समाजले यस अघि पनि हाउस किपिङ लगायतका तालिमहरु दिएको थियो ।

“विशेष ब्युटिसियन” तालिममा (मेनिकियर, पेडिकियर) को प्रशिक्षण दिईएको प्रशिक्षक गिता बर्देवाले जानकारी दिनुभयो । हातमा सिप भए सजिलै जिवनयापन गर्न सकिने बताउदैं प्रशिक्षक बर्देवाले प्रशिक्षार्थीहरुले उत्साहका साथ प्रशिक्षण लिएको जानकारी दिनुभयो ।

त्यस्तै गरी पछिल्लो समय पार्लर सम्बन्धि धेरै महिलाहरुको चासो हुने भएकाले समय मिलाएर प्रशिक्षण लिएको प्रशिक्षार्थी शारदा रायमाझीले बताउनुभयो । मेनिकियर, पेडिकियरको थोरै पनि अनुभव नभएता पनि अब भने आफैं व्यवसायिक रुपमै कार्य गर्न सक्ने भएको अर्की प्रशिक्षार्थी कल्पना देवकोटा अर्यालले बताउनुभयो ।

गत १० डिसेम्बर २०१९ देखी शुरु भएको तालिमको औपचारिक रुपमा शनिवार समापन गरिएको हो तर प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र आगामी ८ मार्च अर्थात् अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर हस्तान्तरण गरिने समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो ।

महिलाहरुको क्षमता अभिवृद्धिका लागि लामो समयदेखि विभिन्न सिपमुलक कार्यक्रमहरु गर्दै आएको समाजले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि १ महिने ब्युटिपार्लर तालिम दिएको हो । पार्लर महिलाहरुको लागी सजिलो र राम्रो कामको अवसर भएको र आफूले आर्जन गरेको सीप जहां पुगे पनि काम लाग्ने भएको हुदां यसवर्ष पनि ब्युटिपार्लर सम्बन्धि तालिम दिईको समाजकी संस्थापक अध्यक्ष सिता बरालले जानकारी दिनुभयो ।

आन्जुसमा रहेको कान्छी फेशन एण्ड बुटिकको सहकार्यमा दिईएको तालिममा १५ जनाको सहभागीता रहेको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार