बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विस्फोट

काठमाडौं ।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।

विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए । तर कुनै मानवीय क्षति नरहेको महानगरीय प्रहरी परिरस, काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए ।

विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार