निर्माण व्यवसायीसँग घुस लिने अधिकृत पक्राउ

काठमाडौं ।

निर्माण व्यवसायीसँग घुस लिएको आरोपमा पूर्वाधार विकास कार्यालय प्रदेश नं. ३ ललितपुरका लेखा अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ ।

सडक निर्माण ठेक्का सम्झौता भइ रकम लिन आएका व्यवसायीसँग लेखा अधिकृत विष्णुहरि पुडासैनीले घुस लिएको आरोप लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अधिकृत पुडासैनीले निर्माण व्यवसायीसँग रु २२ हजार घुस मागेका थिए । पुस २५ गते पक्राउ परेका पुडासैनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार