कुवेतमा मोरङकी कुमारी राजबंशीको उपचारको क्रममा मृत्यु !

हरि कृष्ण न्यौपाने, कुवेत।

मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनावरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो।

नेपाली राजदुतावासका तृतीय सचिब मनोज कुमार सिंहले कुवेतको फर्वानिया अस्पतालमा उपचार गराई रहेकी कुमारीको मृत्यु भएको जानकारी दूतावासमा आईसकेको बताए। सिंहले थपे” कुमारी घरेलु महिला कामदारको रुपमा आए पनि पछिल्लो अबस्थामा उनि अबैधानिक रुपमा बाहिर काम गर्दथिन।उनी अबैधानिक भएकोले डिपोर्टेशन(देश निकाला) मार्फत नेपाल फर्कन अप्रबासी सेल्टरमा रहेकै अबस्थामा गत नोभेम्बर-५,२०१९ का दिन बेहोस भएकी थिइन।

उनलाई तत्काल फर्वानिया अस्पतालको आईसियूमा पूर्याइएको थियो।मृगौला, पिसाब र छातिमा इन्फेक्शन भएकाले उनलाई आइसियूमै विशेष उपचार गरि राखिएको थियो।”

मृतक कुमारी राजबंशीको परिवार तथा आफन्तहरुसंग समन्वय गरेर उनको शब नेपाल फर्काउने प्रकृया शुरु गरिसकिएको तृतीय सचिबले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार