अष्ट्रेलियामा भएको आगलागीप्रति राष्ट्रपतिद्वारा साहनुभूति प्रकट

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो समवेदना तथा साहनुभूति प्रकट गरेकि छिन् ।

अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई शुक्रबार समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगलागीबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै व्यापक सम्पत्ति क्षति भएको उल्लेख गरिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार