सुनिता र धिरजको बार्सिलोनामा ” बुद्द वाज बर्न ईन नेपाल ” संदेश सहित् सांगीतिक कार्यक्रम गर्ने ।

भोला लामिछाने, स्पेन।

लोक दोहोरीमा छुट्टै ख्याती कमाएकी सुमुधुर स्वरकी धनी गायिका सुनीता दुलालका साथै पप क्षेत्रका सदाबहार गायक धिरज राई यतीवेला यूरोप को सांगीतिक भ्रमणका क्रममा स्पेनको बार्सिलोना आइपुगेका छन् । चिसो मौसममा पनी गायक धिरज राई र सुनिता दुलाल नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारसंगै ” बुद्द वाज बर्न ईन नेपाल ” को सन्देश सहित् विभिन्न सांगीतिक कार्यक्रमहरू सगै न्यानो छर्दै बार्सिलोना उत्रिएका हुन् ।

बार्सिलनाको मारिनामा रहेको सान्चो रेष्टुरेन्टमा आयोजना गरिने सांगीतिक कार्यक्रमको तयारी पुरा भईसकेको छ । नेपाली कलाकर्मीहरूलाई माया गर्दै सांगीतिक माहौलमा रमाउन र प्रवासमा पनि हामीले हाम्रो देशलाई चिनाऔ भन्दै कार्यक्रम आयोजना गरिएको हो।

छोटो समयमा पनी कार्यक्रम आयोजना गरि सबै स्पेनमा रहेका संघ संस्था हरूलाई पत्रचार गर्न नसकीएपनी यसै सुचनालाई आधार मानेर सबैलाई उपस्थीत भै दिनु भई मनोरन्जन लिनु हुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकको जलविरेमा जन्मिएकी दुलाल स्कुल लेबलको पढाई सकेरपद्मकन्यामा पढ्दै गर्दा सांगीतिक क्षेत्रमा छुट्टै परिचय बनाउन सफल भईन्। उनका मायालुले झल्को दिई रहनी, मुखैमा चिनी,वास्तै नगर्नी, झम्के फुली, फुलबु्ट्टे सारी , नाचौ सरर लगायतका गितहरू चर्चामा छन् । शारीरिक रूपमा निकै नै सुन्दर देखीने दुलाल शिक्षीका पनि हुन् । उनले अमेरीका क्यानडा बेलायत लगायत थुप्रै देशको भ्रमण गरिसकेकी छिन् भने बार्सिलेनामा भने यो पहिलो भ्रमण हो ।

धिरज राई पुर्ख्यौली खोटाडं जिल्ला भएपनि काठमाडौको बागबजारमा जन्मेका हुन् । अंग्रेज़ी बिषयमा मास्टर डिग्री गरेका राई सिभील ईन्जीनीयर सगै आर्टीटेक्चर गर्ने गर्दछन् । राई गायकको अलवा अब्बल प्राध्यापक पनि हुन् । राईका लुकी लुकी आखा तिमी, तिमी रूदा, तिम्रा नयन , सकेट सकेट, लगायत थुप्रै गितहरू चर्चित छन् । बार्सिलोनामा पहिले पनि आईसकेका राईको यो दोस्रो पटकको भ्रमण हो उनले थुप्रै देशहरूको भ्रमण गरिसकेका छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार