क्यानडामा स्थापना भयो ‘वीपी विचार समाज’

भोइस अफ नेपाल, क्यानडा ।

वीपी विचार राष्ट्रिय समाजको क्यानडामा शाखा स्थापना भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा पुष २३ गते बसेको बैठकले समाजको क्यानडा शाखा गठन गर्ने निर्णय गरेको हो ।

लेखनाथ तिमल्सिना संयोजक रहेको उक्त कार्यसमितिमा उपसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष समेत गरी बढीमा २१ जनाको कार्यसमिति रहनेछ ।

समितिले ६ महिनाभित्र केन्द्रसँग समन्वय गरी क्यानडा शाखाको अधिवेशन गरी स्थायी समिति गठन गर्ने वीपी विचार राष्ट्रिय समाजका महासचिव विनध्यज चन्दले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार