धनगढी नगरप्रमुख वडलाई कोरीयामा मानार्थ ब्ल्याक बेल्ड

कैलाली।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई दछिण कोरियाको धेगो स्पोर्ट काउन्सीलले तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट प्रदान गरेको छ ।

दछिण कोरीयामा रहेका नगरप्रमुख वडलाई शुक्रवार धेगो स्पोर्ट काउन्सीलले एक कार्यक्रमको आयोजना गरेर तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट प्रदान गरेको हो । यसका साथै दछिण कोरियाको धेगो स्पोर्ट काउन्सीलले नेपाललाई खेलकुदका क्षेत्रमा प्राविधीक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । त्यसैगरी तेक्वान्दो संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रदिप थापालाई पनि सोही कार्यक्रममा तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट प्रदान गरेको छ ।

यसैक्रममा नगरप्रमुख वडको नेतृत्वमा रहेको नेपालीले टोलीले जोङ्गसन सिटीका मेयर चियो योङ्ग जो संग भेटघाट गर्यो । धनगढी उप–महानगरपालिका र जोङ्गसन सिटी बिच मितेरी सम्वन्ध गास्ने सहमती भएको नगरप्रमुख वडले बताए । उनले भने, एक अर्को नगरपालिका बिच राम्रा अभ्यासहरु आदानप्रदान गरिने छन् ।

दछिण कोरियाको काङ्गोन विश्व विद्यालयका प्रोफेसर किम्जोङ केयको निमन्त्रणामा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड लगायत नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदिप थापा, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाह लगायतको टोली दछिण कोरिया पुगेको हो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार