पार्किङ वे खाली नहुँदा काठमाडौँ ल्याण्ड हुने जहाज भारतको लखनउ पुग्यो !

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि मसुकोटबाट उडान भरेको ओमन एयरको जहाज भारतको लखनौ डाइभर्ट भएको छ।

काठमाडौंको आकाशमा आधा घन्टाभन्दा बढी होल्ड भएपनि जहाजले अवतरणको समय नपाएपछि जहाज लखनौ डाइभर्ट गरिएको हो।

बोइङ-७३७ जहाजले काठमाडौंमा अवतरण नपाएपछि लखनौ डाइभर्ट भएको विमानस्थल टावरको भनाइ छ।

‘जहाज ३० मिनेटभन्दा बढी होल्डमा परिसकेको थियो’ विमानस्थल स्रोतले भन्यो, ‘थप ४५ मिनेटभन्दा बढी समय जहाज अवतरण गर्न पाउने अवस्था थिएन। विमानस्थलका भएको सबै पार्किङ वेमा जहाज थिए। तत्काल पार्किङ वे खाली गराउँदै जहाज ल्यान्ड गराउन नसकेपछि जहाजलाई होल्डमै बस्ने भनेको थियो।

पाइलटले इन्धन अभाव हुने भन्दा पनि जहाजलाई ल्यान्ड गराउन नसक्नुको प्रमुख कारण भने पार्किङ वे नै रहेको विमानस्थल कार्यालयको भनाइ छ।

जहाज अहिले लखनौमा अवतरण भइसकेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार