पोर्चुगलको सडकमा बास भएका नेपाली युवाको उद्धार गरी नेपाल पठाइयो !

#सांकेतिक फोटो।

प्रविन धिताल, लिस्बन ।

पोर्चुगलको सडकमा बास भएका एक नेपाली युवाको उद्धार गरी आज नेपाल पठाइएको छ। करीब दुई बर्षदेखी सडकमा माग्दै र बस्दै आएका ति नेपाली युवालाई एनआरएनए पोर्तुगलद्वारा उद्धार गरिएको हो।

सडकमा माग्दै र बस्दै आएका नेपाली युवा तेजस्वी शाहीको उद्धारको लागि एनआरएनए पोर्तुगलका निबर्तमान अध्यक्ष कुबेर कार्की लामो समयदेखि प्रयासरत थिए। तेजस्वीको नेपालमा रहेका परिवारसंग संघका निबर्तमान अध्यक्ष कार्की निरन्तर सम्पर्कमा पनि रहेका थिए।

डिप्रेशन र दुर्व्यसनीमा फसेका शाहीलाई उद्धार गर्न त्यति सजिलो थिएन। युरोपको कानुनले कसैको पनि व्यक्तिगत ईच्छा बिपरित बल प्रयोग गर्न वा दबाब दिन पाईदैन । आफूखुशी सडकमा माग्दै र बस्दै आएका शाही जबसम्म आफै उद्धारको लागि राजी हुदैनथे, उनको उद्धार हुन सम्भव नै थिएन । शाहीलाई उद्धार गर्न, उनको मनोभावना बदल्न, सामान्य जीवन बिताउन उत्प्रेरित गर्न र नेपाल फर्किन राजी बनाउन झन्डै डेढ बर्ष समय लाग्यो।

उद्धार गरिएका शाहीलाई एनआरएनए आसिसी सदस्य नारायणकाजी मगर, एनआरएनए पोर्तुगल वरिष्ठ उपाध्यक्ष भिमसेन थापा र उपाध्यक्ष सीता श्रेष्ठ लगायतले लिस्बन एयरपोर्टमा बिदाई गरेका थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार