१४ वर्षीय किशोरीलाई यौन प्रस्ताव राख्ने नेपाली युवा सिड्नीमा पक्राउ !

सिड्नीमा एक नेपाली युवा बालिग उमेरभन्दा कमको किशोरीलाई यौन प्रस्ताव राखेको आरोपमा पक्राउ परेका छन् । उनले उक्त बालिकालाई भेट्ने र यौन क्रियाकलाप गर्ने योजना बनाइरहेका बेला न्यूसाउथवेल्स प्रहरीको चाईल्ड सेक्स क्राईम स्क्वाड चाईल्ड एस्क्प्लोईटेसन ईन्टरनेट युनिटका अधिकारीहरुले निजलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेका हुन् ।

सिड्नीको वेन्टवर्थहिलमा रहेको निज युवाको कोठाबाट पक्राउ गर्दा निजसँगै ल्यापटप, फोन लगायतका सामग्री पनि बरामद गरिएको छ ।

गत नोभेम्बर महिनादेखि नै प्रहरी अधिकारीहरुले निजका गतिविधि निगरानी गरिरहेका थिए । निजले अनलाईन च्याट मार्फत किशोरीलाई विभिन्न खाले मेसेजहरु पठाउने, भेट्नका लागि प्रेरित गर्ने र यौनजन्य क्रियाकलापको योजना बनाउने काम गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने युवाको नाम सन्देश पाठक रहेको र उनलाई बिहीबार पक्राउ गरिएको हो । उनलाई अनुसन्धानका लागि अदालतमा म्याद थप गरिएको छ ।

यस किसिमका गैरकानूनी कार्यमा संलग्न भएको कुनै सूचना तपाईंसँग भए क्राईम स्टपर्सको फोन नम्बर १८०० ३३३ ००० मा फोन गर्न सकिनेछ । साथै अनलाई रिपोर्टिंग समेत गर्न सकिनेछ । https://nsw.crimestoppers.com.au. तपाईंको परिचय गोप्य राखिनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार