अंग्रेजी नयाँ बर्षमा चितवनमा हात्तीहरुको वनभोज

चितवन ।

चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । सधैजसो पर्यटकलाई घुमाउन व्यस्त हुने हात्तीहरुलाई आज वनभोज खुवाइएको हो ।

क्षेत्रिय होटल संघ चितवन नेपालले सौराहामा आयोजनाको गरेको हात्ती महोत्सव अन्तर्गत आज करिब एक सय वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

हात्तीहरुलाई मनपर्ने खानेकुराहरु गाँजर, बन्दा ,उखु, सुन्तला, सख्खर, स्याउ, केरा खुवाइएको वनभोज कार्यक्रमका संयोजक धु्रव गिरीले जानकारी दिए ।

हात्तीहरुलाई लस्करै राखेर वनभोज खुवाएको दृश्य हेर्न र खुवाउन दर्शकहरुको घुइँचो लागेको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार