इन्स्टाग्रामा रोनाल्डोको कमाइ मेस्सीको भन्दा धेरै

काठमाण्डाै|

लामो समयदेखि प्रतिष्पर्धीको रुपमा फुटबलमा नाम जमाउँदै आइरहेका खेलाडी मेस्सी र रोनाल्डोलाई वर्तमान समयमा फुटबलको पर्यायवाचिको रुपमा लिने गरिन्छ ।

मेस्सी र रोनाल्डो यस दशकमा सबैभन्दा धेरै चर्चा कमाउन सफल खेलाडी हुन् । तर सामाजिक सञ्जाल इन्स्टाग्राममा भने अर्जेन्टिनाका खेलाडी मेस्सीलाई पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पछि पारेका छन् ।

युभेन्टसका स्टार रोनाल्डो २०१९ को वर्षमा इन्स्टाग्रामबाट सर्बाधिक कमाउने खेलाडीमध्ये शीर्ष स्थानमा रहेका छन् । रोनाल्डोले यस वर्ष इन्स्टाग्रामबाट ४७ मिलयन पाउन्ड बराबरको कमाइ गरेका छन् । जुन बार्सिलोनाका कप्तान मेस्सीको भन्दा झन्डै दोब्बर हो ।

छैटौँ बलोन डि ओर विजेता मेस्सीले यस वर्ष इन्स्टाग्रामबाट २३ मिलियन बराबरको कमाई गरेका छन् । त्यस्तै तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेडका पूर्व स्टार खेलाडी डेभिड बेख्याम रहेका छन् भने चौथो स्थानमा पीएसजीका स्टार नेयमार र पाचौँ स्थानमा एसी मिलानका खेलाडी ज्लाटान इब्राहिमोभिच रहेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार