कैलाली ।
धनगढी उपमहानगरपालिकामा नर्स मृत भेटिएकी छन् । नगरपालिकाको वडा नम्बर ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स सोनम ऐर आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।
२० वर्षीया सोनम तारानगरस्थित ऐश्वर्या विद्यालय नजिक बन्द कोठाभित्र मृत अवस्थामा भेटिएकी हुन् । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की सोनम धनगढीमा डेरामा बस्दै आएकी थिइन् । उनी आफ्नै कोठामा रहस्यमय तवरले मृत फेला परेको प्रहरीले जनाएको छ ।