पोखरा ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गरिने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले स्थानिय जनतालाई मारमा नपार्ने गरी अधिग्रहण गरिने बताएका हुन ।
मन्त्री भट्टराईले विमानस्थलको गाईड पार्क, एप्रोच पार्क, माइक्रोलोजिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको बताएका हुन ।
अधिग्रहण गर्न लागिएको उक्त १ सय ४ रोपनी जग्गा भित्र १२ वटा घर रहेका छन् ।