जसलाई आफ्नै श्रीमानले हत्या गरी खोलामा बगाए !

ताप्लेजुङ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको हत्या आशंकामा एक व्यक्ति पक्राउ परेका छन् ।१९ वर्षीया अधिकारी गत मंसिर १७ गतेदेखि वेपत्ता छिन् ।

सोहि गाउँपालिका ३ का रमेश अधिकारीलाई हत्या आशंकामा पक्राउ गरेको छ। रमेशले आफूले मन्दिराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी ज्ञानेन्द्र फुयाँलले बताए । ति युवाले फूलबारी पुछारमा हत्या गरेर शव तमोर दनीमा बगाएको बयान दिएको उनको भनाई छ । बयानका आधारमा प्रहरी र स्थानीयले तमोर नदीमा शव खोजतलास भइरहेको फुयाँलले जानकारी दिए ।

शव भेटिएको छैन। तमोर नदी किनारै किनार तेह्रथुम र पाँचथरको सीमा क्षेत्र इवाको पुछारसम्म पुगेर शव खोजेको मन्दीराका काका चन्द्र अधिकारीले बताए । तमोर नदी बग्ने जिल्ला तेह्रथुम, धनकुटा, पाँचथर, सुनसरीमा प्रहरीलाई शव खोजिमा सहयोग गरिदिन अनुरोध गरिएको फुँयालको भनाई छ । डीएसपी फुयाँलका अनुसार शिक्षण पेशामा रहेका रमेश दुई महिनाअघिसम्म मन्दीराको घरमा डेर गरी बस्थे । र

मेशले गत मंसिर २५ गते विवाह गरेका हुन्। उनीहरुबीच प्रेमसम्बन्ध रहेको खुलेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार