दिपक संगम बिसी को प्रिती फुल पैरन होईजा डेउडा गित सार्वजनिक

चक्र साउद/नेपाल
नेपालि गीतसंगीतको दुनियामा एक पछी अर्को गित आउने क्रममा राजेश विरहीको मौलिक डेउडा गित”प्रिती फुल पैरन होईजा” सार्बजनिक भएको छ । चर्चित लोक दोहोरि गायिका पूर्णकला बिसी र राजेश बिरही मुस्कानको सुमधुर स्वरमा रहेको छ । राजेश बिसिको लय तथा सुर्य बिसिको शब्द भित्र रहेको गीतको संगीत संयोजन दिपक संगम बिसीले गरेका छन् ।भिम थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई डिबी रौलेले छायांकन गरेका हुन। प्रविन रश्मिमगरले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा दिपक संगम बिसी र झरना बोहोराको दमदार अभिनय रहेको छ । दिपक संगम बिसी नेपालि सांगितिक बजारमा भिजि सकेका मोडल हुन् । बिसी एउटा मोडल मात्रै नभएर गीत गाउँन र लेख्न पनि उत्तिकै माहिर छन् । बहु प्रतिभाका ध्वनि दिपक संगम बिसी संगीत संयोजन गर्न पनि उत्तिकै माहिर छन् । यो गीतमा साथमा झरना बोहोराले पनि साथ् दिएकी छन् । झरना बोहोरा पनि नेपाली डेउडा गीत संगीताकी एउटा उदाउदो तारा हुन् । दर्जनौ गीतमा अभिनय गरिसकेकी झरना बोहोरा दिन प्रतिदिन चर्चाको शिखरमा चढेकी छन् ।

यो गीतको म्युजिक भिडियो दिपक संगम बिसिको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार