एजेन्सी।
आज भारतीय अभिनेता सलमान खानको ५४ औंँ जन्मदिन हो । सलमानले हिजो मध्यरातमा आफ्नो परिवार तथा आफन्तजनका साथमा जन्मदिन मनाएका छन् । सामाजिक सञ्जालमा यतिबेला बलिउड कलाकार तथा सलमानका प्रशंसकले जन्मदिनको शुभकामनाहरु दिइरहेका छन् ।
सलमान खानको हालै रिलिज भएको फिल्म ‘दबंग ३’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । यससँगै सलमान खानले भारतीय सिने जगतमा एक अर्को इतिहास रचेका छन् । फिल्म ‘दबंग ३’ को बक्स अफिसको कलेक्सन अनुसार सलमान खानको १५ वटा फिल्मले बक्स अफिसमा १०० करोड व्यापार गरेको छ ।
सलमान खानका फिल्महरुमध्ये सन् २०१७ मा रिलिज भएको ‘टाइगर जिन्दा हे’ ले ३३९ करोड कमाएको थियो । तसर्थ, उनका १५ वटा फिल्ममध्ये ‘टाइगर जिन्दा हे’ सर्वाधिक सफल फिल्म बनेको छ । बक्स अफिसममा सलमानका १५ वटा सर्वाधिक व्यापार गर्न सफल फिल्महरुको सूची यस्ताे छ :
टाइगर जिन्दा हे – ३३९ करोड रुपैयाँ
बजरंगी भाइजान – ३१५.४९ करोड रुपैयाँ
सुल्तान – ३००.४९ करोड रुपैयाँ
किक – २११.६३ करोड रुपैयाँ
भारत – १९७.३४ करोड रुपैयाँ
प्रेम रतन धन पायो – १९४.३४ करोड रुपैयाँ
एक था टाइगर – १८६.१४ करोड रुपैयाँ
रेस ३ – १६६.१५ करोड रुपैयाँ
दबंग २ – १४९.५२ करोड रुपैयाँ
बडीगार्ड – १४४.७८ करोड रुपैयाँ
दबंग – १४१.२४ करोड रुपैयाँ
रेडी – १२०.७२ करोड रुपैयाँ
ट्युबलाइट – ११४.५७ करोड रुपैयाँ
जय हो – १०९.३५ करोड रुपैयाँ
दबंग ३ – १०७ करोड (प्रदर्शनको छैठौँ दिनमा, प्रर्दशनको क्रममा रहेको छ) रुपैयाँ
सलमान खानपछि दोस्रो स्थानमा अभिनेता अक्षय कुमार रहेका छन् । अक्षयका १३ वटा फिल्मले बक्स अफिसमा एक सय करोडभन्दा धेरैको व्यापार गरिसकेका छन् । यस्तै तेस्रो स्थान अभिनेता शाहरुख खान परेका छन् ।
शाहरुख खानका ७ वटा फिल्मले १०० करोड कमाउन सफल भएका छन् भने आमिर खानका ६ वटा फिल्मले १०० करोडको भन्दा धेरै व्यापार गरेका छन् । यस्तै पाँचौं स्थानमा अभिनेता ऋतिक रोशन, अजय देवगन, रणवीर सिंह र रणबिर कपूरका फिल्महरु पर्दछन् ।