मदेइराका सेफका निर्देशकलाई लाग्यो अवैध आप्रवासनमा सहयोग गरेको आरोप !

लिस्बन।

मदेइराका सेफ निर्देशकलाई अवैध आप्रवासमा सहयोग गरेको आरोप लागेको छ । मदेइरा सेफले दिएको आप्रवासी सेवाबिरुद्ध उजुरी परेपछि सेफको बिशेष युनिटले एक महिना अगाडिदेखि अनुसन्धान शुरु गरेको थियो।

सेफको केन्द्रिय कार्यालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ , ” नियम कानुन मिचेर अबैध आप्रवासनमा मदेइरा सेफका निर्देशकले सहयोग गरेको अपराधमा शंका गर्ने कयौ प्रमाणहरु छन्। ”

सेफको एक बिशेष टोलीले मदेइरा सेफका निर्देशकको घरमा खानतलासी समेत गरेको छ। उनको घरबाट अनुसन्धान टोलीले कम्प्युटर, विधुतीय उपकरण र कागजपत्र समेत बरामद गरेको छ।

यो पनि पढ्नुहोस् !

‘सेफ’द्वारा “अन्तिम दौड “अप्रेशनमा ९ जना पक्राउ,५ जना देश निकाला

को हुन् मदेइरा सेफका निदेशक इन्स्पेक्टर जोर्ज फौस्तिनो ?

इन्स्पेक्टर जोर्ज फौस्तिनो सन् २०१८ मा मदेइरा सेफको निर्देशकमा नियुक्त भएका थिए। उनले कानुनमा डिग्री गरेका छन्। मदेइरा सेफको निर्देशकमा नियुक्ति हुनुभन्दा पहिले उनी उत्तरी भागको क्षेत्रीय उप निर्देशक थिए।

उनले १९९२ देखि १९९४ सम्म लाजेस एयरपोर्टमा इन्स्पेक्टरका रुपमा कार्यरत थिए। त्यसपछि १९९५-१९९७ मा फारो एयरपोर्ट र १९९८ -२००५ सम्म अवेइरो डेलिगेशनमा काम गरे।

उनले २००७-२०१२ सम्म उत्तरी क्षेत्रीय उप निर्देशक र २०१३-२०१६ सम्म सेनेगलमा अध्यागमन सम्पर्क अधिकारीको कार्यभार सम्हालेका थिए। २०१६-२०१८ सम्म सेफको शरण तथा शरणार्थी कार्यालय, २०१७-२०१८ मा शरणार्थी कार्य समूह प्रतिनिधी र युरोपियन युनियन काउन्सिलको भिषा कार्यालयको कार्यभार सम्हालेका उनलाई अन्ततः अबैध आप्रवासमा सहयोग गरेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार